Back To Top
NepaliEnglish (UK)

बोझो

स्थानीय नामः बोझो

अंग्रेजी नामः Sweetflag 

वैज्ञानिक नामः Acorus Calamus    

परिचय – बोझो नेपालको तराइ देखि पहाडी भेगको नदी ,खोला ,नाला र दल्दले ठाँउमा पाइन्छ। यो अक्सर गरेर समुन्द्रिक सतहभन्दा २०० मि. सम्मको उचाइमा हुने गर्छ।बजो हिलहिले  ठाँउमा जमिनमुनिबाट डाँठका खण्ड बाट पातहरु पलाएर निस्कछ। यसको पातको रंग हरियो बिचमा फिक्का सुन्तला र तल्लो खैरो गुलावी हुन्छ पात वा जरोका काण्ड भित्रको भाग सेतो रंगको हुन्छ। यसको डाँठ खण्ड ०.६ देखि २ से.मी. को मोटाइभएको माथिल्लो भागमा झुस हुन्छ। काण्डाको तल्लो सतहमा जरा झरेको दाग हुन्छ। पातहरु ५ देखि ४० से.मी लामो र १ देखि ३ से.मी चौडा भएको टुपो तिखो हुन्छ।

उपयोगीता – बोझो अयुर्वेद्धिक प्रणाली अनुसार विभिन्न रोगका लागि उपचार गर्नु उपयोगी हुन्छ। यसले जडिबुटिका रुपमा ग्रन्थी बढेको ,बायु पसेको , ज्वरो आएको, शुल उठेको र दम,कफ बढेको रागीका लागि अचुक औषधि हुन्छ।

यस्तै गरेर बोझोले मुख गनाएमा ,पेट, दाँत देखेमा स्वर बिग्रेमा, काखी गनाउने भएमा मात्र नभएर कपडाको ओदो,किराले कागज नविगार्न, जुम्रा, घुन पुत्ला एवं किरा फटेङग्रा मार्न समेत पनि उपयोग गरिन्छ।