Back To Top
NepaliEnglish (UK)

सिकाकाई

स्थानीय नामः रसुल्ला/सिकाकाई

अंग्रेजी नामः Soappod

वैज्ञानिक नामः Acacia rugata 

परिचय – रसुल्ला नेपालको तराइ र भित्रि मधेशमा पाइने काडा भएको लहरे वनस्पति हो। यो चिसो ठाँउ, खोला नदी किनार र पहाडी जंगलमा झाङ तथा घारीहरु लहरिएको हुन्छ। यसका हाँगाहरु खैरो तथा सेता थोप्लाहरु भएको हुन्छन्। मसिना र संयुक्त फैलिएका पात २ से.मी. सम्म लामा र ६ देखि २० वटासम्म लागेका हुन्छन्।

लसुरका पातको कापमा स साना पहेला रंगका सेतो फुलहरु भदो असोज महिनामा फुल्ने गर्दछ। फुुल समूहमा झुप्पा आकार १÷२ से.मी. व्यास भएका हुन्छन्। यसका फलहरु ८से.मी. लामा र २÷३ से.मी. सम्म चौडा र मोटा भएका बेला असोज देखि मंसिरसम्म कोशा तयार हुन्छन्। यसका एउटा कोशामा ६ देखि १० सम्म बिउ हुने गर्छ। यसको पात र काँचो फलको स्वाद अमिलो हुन्छ।

उपयोगीता – आयुर्वेद्धिक पद्धति अनुसार सिकाकाइ धेरै रोगका लागि बहुउपयोगी हुन्छ। यसका पातको रस खानाले पहेलो रोग निको हुन्छ। भने फल दिसापिसाब खुलाउने, वान्ता गराउन, छालाको रोग भलो गर्न र कपलाई निकाल्न उपयोगी हुन्छ।

यसका कोशा रौं कालो बनाउन, सिल्की र लामो कपाल सफा गर्न, नुहाउन, लुगा धुन साबुनका रुपमा प्रयोग गरिन्छ। यसरी कपालको जुम्रा चायाँ फाल्न, पेटका किरा निकाल्न कब्जियत भलो गर्न र सेतो छाला रोग (कुष्ट) निको पार्न समेत यसका कोशा र बिउ उपयोगी हुन्छ। कोशाले मन्द ज्वरो पनि ठिक गर्छ।